बैजनाथ गाउँपालिका वडा न.२ बाल विवाह मुक्त घोषणा

|

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न २ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले वडा लाई बाल विवाह मुक्त घोषणा गरेको हुन ।

अध्यक्ष रुचालले वडा न २ का वडा अध्यक्ष प्रेम बहादुर थापालाई बाल विवाह मुक्त घोषणाको प्रमाणपत्र हस्तान्तरण गरे ।

अध्यक्ष रुचालले बाल विवाह मुक्त गाउँपालिकाको परिचय बनाउन सबैको एक्यबद्ता आवश्यक रहेको बताए ।’उनले वाल विवाह गर्नाका भविष्यमा पर्ने असर बारे आम समुदायलाई जनाकारी गराउन छिटै अभिभाव शिक्षा विद्यालय स्तरमा लागु गर्ने रणनितिमा गाउँपालिका रहेको कार्यक्रममा जानकारी गराए ।

कार्यक्रममा बाल विवाह मुक्त वडा बनाउन सक्रिय भूमिका खेल्ने स्याक नेपालका प्रतिनिधि ,स्थानीय किसोरी क्लब, युवा क्लब लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा  बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक ,गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य महिला तथा बालबालिका शाखा प्रमुख ,जनप्रतिनिधि स्थानीय राजनितिक दल प्रहरी ,संघ संस्थाका प्रतिनिधि गाएतको सहभागिता रहेको थियो ।

वाल विवाह वडा घोषणाका लागि प्लान नेपालको आर्थिक सहयोगमा स्याक नेपालको समन्वयन विभिन्न चरणमा वडा स्तरीय तथ्याक संकल र सहजिकरणका क्रियाकलापहरु संचालन गरिएका थिए ।

 

२०७८ कार्तिक १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।