बर्दियामा नि:शुल्क आँखा शिविर

|
बर्दिया / गेरुवा गाउँपालिकाको स्वास्थ्य चौकी बगाहिपुर र पाताभारमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । स्वास्थ्य चौकी बगाहिपुरमा १०९ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ भने १३ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
यसैगरी स्वास्थ्य चौकी पाताभारमा ८८ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ भने १४ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ । निःशुल्क आँखा जांच शिविर फत्तेबाल आँखा अस्पताल र Partners For Equity DAK Foundation को संयुक्त सहकार्यमा बर्दिया जिल्लामा सञ्चालन भई रहेको छ ।
विश्वव्यापी कोविड १९ संक्रमणको जोखिमको कारणले विगत २ वर्ष देखि सामुदायिक कार्यक्रम स्थगित रहेकोमा समुदायमा आँखाको समस्या बढी देखिन थाले पछि सम्बन्धित स्थानीय निकाय र स्वास्थ्य केन्द्रको समन्वयमा फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा, नेपालगन्जले बृहत आँखा शिविर कार्यक्रमको तर्जुमा गरी सञ्चालन गरेको हो ।

२०७८ कार्तिक १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।