नेपालगन्ज । नेपाल जेसीजको आयोजना र नेपालगन्ज जुुनियर जेसीजको आतिथ्यतामा नेपालगन्ज स्थित होटल बाटिकामा यहि कार्तिक २६ र २७ गते १० औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी हुने भएको छ । समाज र राष्ट्रमा विधिको शासन, मानवताको सेवा, विश्ववन्धुत्वको भावनालाई आत्मसात गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व बिकास संगै उद्यमशिलतालाई सार्थकता प्रदान गर्दै, समाजमा सक्रिय नागरिकको भुमिका निर्वाह गर्न युवाहरुको अन्र्तनिहित प्रतिभालाई प्रशिक्षणको माध्यम द्वारा प्रस्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व बिकासमा योगदान पुर्याउने जेसीजको उद्देश्य अनुरुप कार्यक्रम संचालन हुने नेपालगन्ज जुुनियर जेसीजका अध्यक्ष बसन्त बस्नेतले जानकारी दिनुुभयो ।
हाल नेपाल जेसीजले “१०औ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी” जस्तो महत्वपूर्ण कार्यक्रमका लागि नेपालगंज जुनीयर जेसीजलाई जिम्मा दिएको छ । यस कार्यक्रमका लागि नेपाल भरि रहेका विभिन्न ७७ जिल्लाबाट ३०० भन्दा धेरै जनाको उपस्थिति रहने कार्यक्रम निर्देशक आशिष आनन्दले बताउनुुभयो ।
बाँके जिल्लाका पर्यटकिय र व्यापारिक क्षेत्र प्रवद्र्धनमा जोड्दिदै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि विभिन्न चरणमा कार्यहरु भइरहेको नेपालगन्ज जेसीजका अध्यक्ष रेशम चापागाईले जानकारी दिनुुभयो ।






