मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन

|

नेपालगञ्ज / पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सरु हमाल, सह–सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी रहनुभएको छ । यसैगरी सदस्यहरुमा शुक्रऋषि चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ ।

मधेश मानव अधिकार गृह (माहुरी होम) आसन्न केन्द्रीय अधिबेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सरु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय बैठकले गरेको छ ।

२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।