काठमाडौं । सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस गरेको हो ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । प्रधानमन्त्री देउवा शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जाँदैछन् ।






