धारा नेपालगन्ज म्याराथनमा कलाकार राजेश हमालले पनि सहभागिता जनाउने

|

नेपालगन्ज / मंसिर ४ गते हुने धारा नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमालले पनि सहभागिता जनाउने भएका छन् । सो म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन क्रियटिभ ह्यान्ड्सले जनाएको छ । युवापुस्ताको प्रेरणास्रोत हमालको उपस्थितिले प्रतिस्पर्धी खेलाडी र स्थानीय नेपालगन्जवासीको हौसला बढ्ने आयोजकको विश्वास छ । विश्वका ठूला सहरमा हुने सिटी म्याराथनका अवधारणामा यो म्याराथन हरेक वर्ष हुँदै आएको छ ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री, नेपाल म्याराथनका संस्थापक सदस्य जनक नेपाल लगायतले बिहीबार अभिनेता हमाललाई काठमाडौंमा भेटेर म्याराथन सहभागिता सुनिश्चित गरेका थिए । हमालले आफू म्याराथन दौडमा उपस्थित हुन उत्साहित रहेको बताएका थिए ।

केएल दुगड ग्रुपको उत्पादन धारा तेलको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा आशीर्वाद पेन्ट्स, शिखर प्लाई, राष्ट्रिय वाणिज्य बैंक, फोन पेलगायतको सहयोग रहने आयोजकले जनाएको छ । गत वर्ष कोरोना महामारीका कारण भव्य गर्न नसकिए पनि यसपालि म्याराथनलाई उत्सवमय बनाउने लक्ष्य रहेको अध्यक्ष ठकुरीले बताए ।

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।