एमालेको १० औं महाधिवेशन चितवनमा हुने

|

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

यसअघि विधान महाधिवेशनको बेला अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो । चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा अधिकांश चितवनकै नेताहरु समेटिएका छन् ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए । ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको हो ।

२०७८ कार्तिक ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।