
तामाङ समाज उत्तर अमेरिका, केन्द्रीय समितिको दोश्रो महाधिवेशन क्यालिफोर्निया राज्यको सुन्दर शहर सानफ्रान्सिस्कोमा यहि आउदो सेप्टेम्बर ४,५ र ६ तारिख मा हुन गईरहेको सम्मेलन हाललाई निर्वाचन कमिटिको निर्णय अनुसार आगामी जुन १८-२०,२०२२ को समयमा स्थानान्तरण गरिएको छ ।
पछिल्लो समय कोभिड-१९ (कोरोना) विभिन्न माध्यमबाट र अन्य रोगहरु समेत व्यापक फैलिएको हुदा यस्तो अवस्थामा महाधिवेशन गर्न कुनै पनि हिसावले उचित नहुने ठान्दै व्यवस्थापन समितिसंगको बैठक सहित यो महाधिवेशन आगामी जुन १८-२०, २०२२ मा गर्ने निर्णयको परिपत्र मिती अगस्ट ७, २०२१ मा निर्वाचन समितिबाट प्राप्त पत्र अनुसार सारिएको छ ।
अत निर्वाचन समितिबाट प्रेसित पत्रको बोधार्थमा समेत सदस्य संस्थाहरु र व्यवस्थापन समिति रहेको हुदा समितिबाट प्राप्त पत्र समेत संलग्न गरि विभिन्न राज्यका सदस्य संस्थालाई आधिकारीक रुपमा महाधिवेशन सरेको जानकारी गरिसकेको र यस बिचमा सोसाईटीले अघि सारेको global Education fund-2020 लाई विश्वव्यापी बनाउने योजनामा संस्था लागि पर्ने संस्थाको अध्यक्ष लक्यान लामाले (द वर्ल्ड नेपाल न्युज)लाई बताउनुभएको छ ।