बाँके / बाँके जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि युकेएडको आर्थिक सहयोग र भिएसओको साझेदारीमा मधेश मानव अधिकार गृह(माहुरी होम), कपिलबस्तुले बाँके जिल्ला सन्चालित सहज परियोजना अन्तर्गत बाँकेका भेरी अस्पताल, प्रहरी कार्यालयहरुलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ ।
मधेश मानव अधिकार गृह(माहुरी होम)का कार्यक्रम अधिकृत दिनेश कुमार चौधरीले जिल्ला प्रहरी कार्यालय,भेरी अस्पताल, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, हिरमिनिया ईलाका प्रहरी कार्यालयलाई ३ लाख भन्दा बढीको पिपिई सेट, केएन ९५ मास्क, सर्जिकल मास्क,हेण्डवास सेनिटाईजर, स्प्रे, आईशोलसन किट लगायतका सामाग्री हस्तान्तरण गरिएको माहुरी होमका सामाजिक परिचालक सरु हमालले जानकारी गराईन ।

मधेश मानव अधिकार गृह(माहुरी होम), कपिलबस्तुले लुम्बिनी प्रदेशका ७ वटा जिल्ला कपिलबस्तु, रुपेन्दही, नवलपरासी, दांग,बाँके, प्युठान र रोल्पाका २२ वटा पालिकाहरुमा लैगिक उत्तरदायी र जवाफदेही न्यायँमा पहुँच सुदृढीकरण( सहज) परियोजना सन्चालन गर्दै आईरहेको छ ।






