काठमाडौं । काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५ ख २५११ नम्बरको टिपर सडकबाट अनियन्त्रित भएर अन्दाजी ५० मिटर तलको टहरो माथि खस्दा दुर्घटना भएको हो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका प्रहरीले जनाएको छ ।
टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।






