धनुषामा पाँच जना बालिकाको पानीमा डुबेर मृत्यु

|

जनकपुरधाम । धनुषामा पाँच जना बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । मुखियापट्टि मुसहर्निया गाउँपालिका ६ स्थितका पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा पुगेका प्रहरी अनुसार स्थानीय हुलास यादवको खेतमा खनिएको करिब ९ फिट गहिरो पोखरीमा पौडी खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको हो ।

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।