बर्दिया/ दोस्रो चरणको खोप अभियानमा बर्दियामा आज ७ सय १८ जनाले खोप लगाएका छन् । बैशाख ७ गतेबाट सुरु भएको अभियानमा हालसम्म ५ हजार ४० जनाले कोरोना विरूद्धको खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल अप्रसन नरेश श्रेष्ठका अनुसार आज बर्दियामा २४६ महिला र ४७२ पुरुष गरि ७ सय १९ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्।
गुलरिया नगरपालिकामा २ हजार २ सय ८१, राजापुर नगरपालिकामा ५ सय ६९, ठाकुरबाबा गाउँपालिकामा ५ सय ६६, गेरुवामा १ सय ४४, बासगढ़ीमा ६ सय २९, मधुवनमा ४ सय ७१, बारबर्दियामा १ सय ४७ र बडैयाताल गाउँपालिकामा २ सय ३३ गरि ५ हजार जनाले खोप लगाएका छन् ।






