नेपालगन्ज / बाँकेमा कोरोना संक्रमण बढेसङ्गै संक्रमितहरुको मृत्यु हुने दर पनि बढेको छ । बिहीवार साझ थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बिहिबार बेलुका जानकी-१ बाँकेका ७१ बर्षिया महिला र बनगाड कुपिन्डेदह ३ सल्यानका ५६ बर्षिय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।






