नेपालगन्ज / बाँकेमा कोरोना संक्रमणको दोस्रो लहर भयावहको अवस्थामा फैलिदै गएको कुरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले लकडाउनको निर्णय गरेको छ ।
आज मंगलबार बसेको सर्वपक्षीय र सर्बदलिय बैठकले ९ गते देखि लागू हुने गरि बाँकेमा लकडाउन लगाउने निर्णय गरेको हो । हिजो मात्रै ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने, दैनिक रुपमा मृत्युको सिलसिला समेत रोकिएको छैन ।
कोरोना संक्रमणको चेन टोड्न कम्तिमा ७ देखि १५ दिन सम्मको लकडाउन गर्नै पर्ने जनस्तरको दबाब समेत स्थानिय प्रशासनलाई थियो । जिल्ला कोभिड – १९ संकट ब्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । तत्कालका लागि एकसाता लकडाउन गर्ने निर्णय भएको छ । अबस्था हेरेर थप्न सकिने छ ।






