नरैनापुरका अग्नि पीडितलाई बी–ग्रुपद्धारा राहत वितरण

|

बाँके / जिल्ला विपद ब्यवस्थापन समिति, बाँकेको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले केयर नेपाल र एक्सन एड नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं. ४, खोदावाका अग्नि पीडितहरुलाई राहत वितरण गरेको छ ।

जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्रले जानकारी गराए अनुसार यहि शनिवार २१ गते नरैनापुर गाउँपालिकामा भएको आगलागीका कारण प्रभावित भएका १०० परिवारलाई केयर नेपालको सहयोगमा गैर खाद्य सामाम्री (त्रिपाल १०० थान, म्याटेस १०० थान र ढक्कन सहितको प्लाष्टिक बाल्टी १०० थान) र डिगनिटी किट १०० सेट र एक्सन एड नेपालको सहयोगमा हाईजिन किट १०० सेट सहयोग उपलब्ध गराएको छ ।

प्रति परिवार गैर खाद्य सामाग्री( त्रिपाल १ थान, म्याटेस १ थान र ढक्कन सहितको प्लाष्टिक बाल्टी १ थान) डिग्निटी किट–१ सेट, हाईजिन किट १ -सेट एक सय घरपरिवारलाई आगलागी भएको २४ घण्टा भित्रैै राहत सहयोग उपलब्ध गराएको बी–ग्रुपका कार्यक्रम अधिकृत लोचना भुसालले जानकारी दिनुभयो ।
सो राहत वितरण कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ओम बहादुर राना,नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह, बी–ग्रुपका सचिव टेक बहादुर पुन, निर्देशक डम्मर सुनार लगायत जिल्लााका सामाजिक संस्थाका प्रमुख तथा प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।

 

२०७७ चैत्र २२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।