बाँके / भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले केयर नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं. १, सुइयाका अग्नि पीडितहरुलाई राहत वितरण गरेको छ । यहि फागुन २४ गते नरैनापुर गाउँपालिकामा भएको आगलागीका कारण प्रभावित भएका २५ घरधुरीलाई गाउँपालिकाले उपलब्ध गराएको प्रारम्भिक सूचनाका आधारमा सोही दिनमा राहत सहयोग उपलब्ध गराएको थियो ।

प्रति परिवार त्रिपाल–१ थान, म्याट्रेस–१ थान, डिग्निटी किट–१ सेट, ढक्कन सहितको प्लाष्टिक बाल्टी–१ थान एवम् चिउरा–५ किलोग्राम, चिनी–२ किलोग्राम, भुजा (फुरनदाना)–३ किलोग्राम र विस्कुट–५ प्याकेटका दरले २५ घरपरिवारलाई आगलागी भएको दिनको साँझ नै राहत सहयोग उपलब्ध गराएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो । ।






