काठमाडौ / नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह ) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।
त्यस्तै सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेजी लगायतका विषय सहमतिमा समेटिएको जनाइएको छ । सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते (भोली) सार्वजनिक हुँदै छन् ।

भोलि राजधानीमा हुने एक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।






