महिलालाई लक्षित गरी दश दिने पत्रकारीता नेपालगंजमा सुरु हुदै

|

बाँके । राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उद्देश्यले नेपालगंज उपमहानगरपालिका वडा नं। ४ को आर्थिक सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र ९हुरीपप० ले १० दिने पत्रकारीता तालिम आईतबारबाट सुरु गर्न लागेको आयोजकले जनाएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र  (हुरीपप)का अध्यक्ष आलम खानले पत्रकार महिलाको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपहिार्य भएकोले पत्रकारीता तालिम आयोजना गरिएको बताउनु भयो । अध्यक्ष खानले राजनतिक संरचनाहरु महिला मैत्री बन्दै गएको भएपनि सामाजिक दृष्टिकोणहरु महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताउनु भयो ।

पत्रकारीतामा महिलाहरु व्यवसायिक रुपमा टिकिराख्नका लागि पत्रकारीता संस्थागत रुपमै हौसला र प्रोत्साह आवश्यक रहेको भन्दै लक्षित वर्गाको कार्यक्रमबाट किशोरीहरुलाई लक्षित गरी पत्रकारिता तालिमको आयोजना गर्न लागिएको नेपालगंज ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले युथलाई जानकारी दिनु भयो ।
तालिममा १५ जना पत्रकार महिलाको सहभागिता रहने छ । पत्रकारीता र विषयमा केन्द्रित रहेर कक्षा हरु संचालन गरिने आयोजकले जनाएको छ । तालिममा प्रेस संगठन नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, इसेतो खरीका सम्पादक कमल न्यौपाने लगायतका पत्रकारहरुले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

२०७७ फाल्गुन १५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।