बाँके / इन्स्पाईरिङ युथको २०६ औं बिशेष श्रृङखला नेपालगन्जमा सम्पन्न भएको छ । आज भएको कार्यक्रममा लागुऔषध दुरब्यसनी र साईबर अपराध बारे युवाहरुलाई प्रशिक्षण दिईएको थियो । बास नेपालगन्ज उपशाखाको आयोजना र बास केन्द्रिय कार्यालयको सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सो अभिमुखिकरणको सहजीकरण जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुरजजङ क्षेत्री र वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्काले गर्नु भएको थियो ।
सो अभिमुखीकरणमा प्रशिक्षकले साईबर अपराध भनेको के हो ? साईबर अपराध गरे के के सजाय छ ? लागुऔषधको लत बाट कसरी छुटकरा पाउने भन्ने बारे युवाहरुलाई जानकारी गराईएको थियो ।
सो अभिमुखिकरणमा नेपालगन्ज उपमहानगरपालिकाका युवा तथा बालबालिकाहरु गरि ५ दर्जन बढिको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, बास नेपालगन्ज उपशाखाका अध्यक्ष ऋतिक शाहीको सहभागिता रहेको थियो ।






