पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमित १० जनाको मृत्यु

|

काठमाडौं ।  पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या योसहित २ हजार ११ पुगेको छ । सोमबार पनि १३३ महिला र २०६ पुरुष गरी ३३९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा ४ हजार ८५८ जनामा गरिएको पीसीआर पीरक्षणमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । हालसम्म नेपालमा २० लाख ४८ हजार ११३ जनामा कोरोना परीक्षण गरिसकेको छ ।

पछिल्लो समय कोरोना भाइरसको सफल उपचारपछि ४०१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ५३८ जना छन् । नेपालमा निको हुने दर ९८.१ प्रतिशत रहेको छ ।

२०७७ माघ १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।