कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

|

बाँके  / कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा आज थप एकको मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

नेपालगन्ज ५ का ६२ बर्षिय पुरुषको काेराेनाबाट मेडिकल कलेजकाे नेपालगन्ज शिक्षण अस्पतालमा मृत्यु भएको हो।बाँकेमा कोरोना संक्रमण समुदायमा फैलिए पछि कोरोना संक्रमितको संख्या र मृत्युको आकडामा वृद्धि आएको छ । बाँकेको कोहलपुरमा १ जना महिला, बैजनाथ गाउँपालिका १ जना महिला र बाँकेको नरैनापुरका एक जना पुरुषको यसअघि मृत्यु भइसकेकोछ ।

२०७७ भाद्र २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।