भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

|

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त हुनुभएको छ । उहाँ भेरी अस्पताल कै अर्थोपेडिक तथा स्पाइन सर्जन हुनुहुन्छ ।

उहाँलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मन्त्री निशा मेहताले भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्नुभएको हो।

नवनियुक्त अध्यक्ष डा सिग्देलले भेरी अस्पतालको समग्र विकासमा योजनाबद्ध ढंंगले काम गर्ने भन्दै अस्पताको समग्र विकासका लागि इमानदारिताका साथ लाग्ने बताउनुभयो ।

डा सिग्देल अस्पतालसँग पूर्ण परिचित तथा अनुभवी व्यक्तिको रुपमा भएकाले अस्पतालको विकासमा थप उर्जा मिल्ने विश्वास लिइएको छ ।

२०८३ आश्विन १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।