कमल खत्री नेपाल प्रेस युनियन बाँके अध्यक्षमा सर्वसम्मत निर्वाचित

|

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार नेपालगञ्जमा सम्पन्न युनियनको १३औँ जिल्ला अधिवेशनले खत्रीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। खत्री यसअघि नेपाल प्रेस युनियन बाँकेको जिल्ला उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो।
अधिवेशनबाट खुला उपाध्यक्षमा खड्क खत्री, महिला उपाध्यक्षमा निशा शाह, समावेशी उपाध्यक्षमा अरसत शेष राई, सचिवमा भीष्मप्रसाद लोध, समावेशी सहसचिवमा अभिषेक गुप्ता, महिला सहसचिवमा सावित्री विश्वकर्मा र कोषाध्यक्षमा सिद्धार्थ पाण्डे निर्वाचित हुनुभएको छ।

त्यस्तै, जिल्ला कार्यसमिति सदस्यहरूमा प्रेम सिंह एसके, कुलेन्द विश्वकर्मा, अमित गुप्ता, लीला चौधरी, निर्मल गोसाई, विनोदकुमार वर्मा र सौरभ राणा निर्वाचित हुनुभएको छ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पत्रकारको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको संस्थागत विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

२०८३ भाद्र ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।