नेपालगन्ज वडा नं. १० मा बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यशाला सम्पन्न

|

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० वडा कार्यालयको समन्वय तथा सहयात्री नेपालको आयोजनामा दुई दिने बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यशालामा वडा बालमैत्री स्थानीय शासन समिति, बाल अधिकार समिति, विभिन्न बाल क्लबका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत सहभागीहरूलाई बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रिया, यसको विभिन्न चरण, प्रमुख सूचकहरू तथा बालमैत्री समुदाय निर्माणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यशालाको सहजीकरण सहयात्री नेपालकी अध्यक्ष श्वेता गुरुङ, बाल अधिकारकर्मी  ऋतिक शाही तथा देवा बहादुर क्षेत्रीले गर्नुभएको थियो। उहाँहरूले बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा स्थानीय तहमा बालमैत्री वातावरण निर्माणका लागि आवश्यक रणनीति र व्यवहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूले प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्दै २०८३ फागुन १५ भित्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने साझा लक्ष्यप्रति आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजकका अनुसार यस कार्यशालाले बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई प्रभावकारी बनाउने, स्थानीय सरोकारवालाबीच सहकार्य बढाउने तथा बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री समुदाय निर्माणतर्फ महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ।

२०८३ श्रावण १७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।