बर्दिया । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भुरिगाउँ, बर्दियाले प्रमुखहरूसँग कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निमराज खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रमुख अतिथि खड्काले निर्धन उत्थानले स्थानीय नागरिकहरूको आर्थिक स्थिति माथी उकास्न मुख्य भूमिका खेलेको बताउनुभयो।
त्यस्तै, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख पुर्ण बहादुर खड्काले विशेष अतिथिको रूपमा सहभागिता जनाएका थिए। उहाँले केन्द्रप्रमुखले उठाएका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा शाखा कार्यालय भुरिगाउँ, बर्दियाका प्रमुख राम प्रसाद भुषालले संस्थाको उद्देश्य, सेवा तथा कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न केन्द्रका प्रमुख तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।
कार्यशालामा करिब ८५ जनाको सहभागिता रहेको थियो। साथै उत्कृष्टताको आधारमा पाँच वटा केन्द्रलाई प्रमाणपत्र तथा उपहार वितरण गरिएको आयोजकले जनाएको छ।






