काठमाडौँ / नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको भण्डारीलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गर्दै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भण्डारी नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन्।






