डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

|

काठमाडौं। सरकारले डा. नारायणदत्त कँडेललाई नयाँ महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सरकारको मुख्य कानुनी सल्लाहकारमा नियुक्त गरेका हुन्।

को हुन् डा. कँडेल? नवनियुक्त महान्यायाधिवक्ता कँडेलले यसअघि रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरिसकेका छन्। उनी पत्रकारिता पृष्ठभूमिबाट समेत आएका व्यक्ति हुन्। उनले वि.सं. २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखा (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) को सभापतिको रूपमा नेतृत्व सम्हालेका थिए।

महान्यायाधिवक्ताको जिम्मेवारी संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुन्। उनले सरकारवादी हुने फौजदारी मुद्दाको अभियोजन गर्ने, सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारको पक्षबाट बहस पैरवीको नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्दछन्।

२०८२ चैत्र २२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।