गाभर (बाँके) । थारु पत्रकार संघ नेपाल बाँकेको पाँचौँ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले जागेश्वर सिंह थारूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष लिला चौधरी, सचिव लक्ष्मी चौधरी, सहसचिव अमृता चौधरी र कोषाध्यक्ष सुविता थारू रहेका छन्। सदस्यहरूमा रूपा थारू, कमल थारू, मिलन चौधरी र रमेश चौधरी चयन भएका छन्।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनलाई संगठनभित्रको एकता र सहकार्यको प्रतीकका रूपमा लिइएको छ। नवनिर्वाचित अध्यक्ष थारूले पत्रकारहरूको हकहित संरक्षण र पेशागत विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा विभिन्न पत्रकार तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। साथै, वक्ताहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरूबारे चर्चा गर्दै जिम्मेवार र निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याएका थिए।






