नेपालगन्ज। नेपालगन्ज जुत्ता–चप्पल व्यवसायी संघको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले कुलराज संज्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
नव–निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा माधव पोखरेल, द्वितीय उपाध्यक्षमा ईश्वरी पौडेल, महासचिवमा रविन्द्र पौडेल, उपमहासचिवमा अकबाल हुसेन र कोषाध्यक्षमा डम्बर बहादुर धामी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा राम प्रसाद ढकाल, कृष्ण शाही, राजेन्द्र पौडेल, रिजवान अहमद मनिहार, वसन्त अर्याल, अजिजुर रहमान, टेक बहादुर थापा क्षेत्री, राधा वली र विष्णुनाथ पटवा लगायत रहेका छन्।
नयाँ नेतृत्व चयनसँगै संघले व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसाय प्रवर्द्धन, बजार व्यवस्थापन तथा व्यवसायीहरूबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
संघका नवनिर्वाचित अध्यक्ष कुलराज संज्यालले व्यवसायीहरूको समस्या समाधान, व्यवसायको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






