कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

|

आज चर्चित गायक नरेश, खेम, विवश, लक्ष्मी र पुनमको प्रस्तुती रहने

बाँके / राती सोनारी गाउँपालिका–५ चाचरफर्का स्थित कर्णेराजा मन्दिर परिसरमा “कर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२” भव्य रूपमा आयोजना भैरहेको छ । स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला तथा महोत्सव चैत ९ गतेदेखि सुरु भई १३ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाको चौथो दिन चर्चित गायिका रेखा पोखरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको छ । गायिका रेखा पोखरेलले थारु गित ऐना हेरेर, कपाल कोरेर बोलेको गित प्रस्तुत गर्दा दर्शक उफ्रि उफ्रि नाचेका थिए । गायिका पोखरेलले तिम्रो त भाग्यमा श्री छ भनेपछि झनै दर्शकको हुटिङले मेलाको महोल तातेको थियो । भगवानले जुराइदिएको जोडी हो हामी, एक अर्काले रोजेको पाउने हो भाग्यमानी बोलको गितले झनै दर्शक नाच्न सफल भएका थिए । यस्तै देखाउनलाई होइना नि माया, सिम्ता बजार, भाग्यले जहाँसम्म लगायतको १ दर्जन गित प्रस्तुत गर्नुभएको थियो । बिहीवार चर्चित मोडेल नाइरा चौधरी र मोडेल साइरा चौधरीको पनि बेजोड प्रस्तुती रहेको थियो ।

महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, बाल उद्यान, व्यापरिक स्टल, होटल, धार्मिक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू भैरहेको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति हरेक दिन भैरहेको आयोजकले जनाएको छ । मेला अवधिमा विभिन्न व्यापारिक स्टलहरू राखिएका छन् । जसले स्थानीय उद्यमीलाई व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नेछ । मेला संयोजकका अनुसार, यस महोत्सवले क्षेत्रको पर्यटन विकासमा टेवा पु¥याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ । ५ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती भैरहको आयोजकले जनाएको छ ।

आज (शुक्रवार) चर्चित गायक नरेश जोगी, गायक खेम भौगोरिया, डान्स डाइरेक्टर तथा मोडल विवश जिएच, चर्चित मोडेल लक्ष्मी चौधरी, चर्चित मोडेल पुनम चौधरी लगायतको प्रस्तुती रहनुका सार्थ कार्यक्रमको संचालन बिहीवार र शुक्रवार दिपक बर्माले गर्नुभएको थियो । मेलामा हजारौं दर्शक दैनिक आउने गरेको आयोजकले जनाएको छ ।

२०८२ चैत्र १३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।