भेरी सहकारीले ३०औँ स्थापना दिवसको अवसरमा रक्तदान तथा दन्त शिविर आयोजना गर्दै

|

बाँके । भेरी सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा बृहत खुल्ला रक्तदान तथा निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

संस्थाले जानकारी दिए अनुसार फागुन ३० गते शनिबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संस्थाको प्राङ्गणमा सञ्चालन हुनेछ। कार्यक्रममा सर्वसाधारणले रक्तदान गर्न तथा निःशुल्क दन्त परीक्षण सेवा लिन सक्नेछन्।

कार्यक्रममा प्राविधिक सहयोग प्रादेशिक रक्त सञ्चार केन्द्र र नेपाल डेन्टल क्लिनिकले गर्नेछन् भने समन्वय लायन्स इन्टरनेसनल अन्तर्गत लायन्स क्लब अफ नेपालगञ्ज इनोभेटिभले गर्ने जनाएको छ।

संस्थाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। आयोजकले स्थानीय नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न र निःशुल्क दन्त सेवा लिन आग्रह गरेको छ।

२०८२ फाल्गुन २८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।