तेस्रो वडा अध्यक्ष कप फुटबल: वडा नं. १ ‘ए’ फाइनलमा प्रवेश

|

सोम गुरुङ, बर्दिया । एफ.सी. डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा सञ्चालन भइरहेको तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा वडा नम्बर १ ‘ए’ ले शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ‘ए’ ले वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पराजित गरेको हो। वडा नम्बर १ ‘ए’ का लागि सौगात राउत र अभिषेक थापाले पहिलो हाफमै एक–एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

वडा नम्बर ३ का खेलाडी सुदीप परियारले दोस्रो हाफमा एक गोल फर्काए पनि टिमलाई बराबरी वा जित दिलाउन भने सकेनन्।
आयोजक टिमका अध्यक्ष विकल सिंहका अनुसार प्रतियोगिता अन्तर्गत अब बुधबार हुने अर्को सेमिफाइनल खेलमा वडा नम्बर १ ‘बि’ र वडा नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ।

स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले दर्शकको उल्लेख्य उपस्थिति समेत तानेको छ।

२०८२ माघ १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।