राप्ती मकर स्नान महोत्सव–२०८२ भव्य रूपमा आयोजना हुँदै

|

महोत्सव अन्तर्गत पौष ३० गते बुधबार साँझ ५ः३० बजे गंगा महाआरती तथा रात्रिकालीन भजन–कीर्तन कार्यक्रम आयोजना गरिनेछ। यस्तै, माघ १ गते बिहीबार बिहान ४ः०० बजेदेखि प्रातःकालीन स्नान, बिहान ६ः१५ बजे गंगा महाआरती तथा बिहान ९ः०० बजे खिचडी तथा प्रसाद वितरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सव सफल बनाउन डुडुवा गाउँपालिकाको कार्यालय र राप्ती गंगा महाआरती समिति ले सहकार्य गरेका छन्। आयोजकले सबै श्रद्धालु तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई धार्मिक लाभ लिन आग्रह गरेको छ।

२०८२ माघ १, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।