नेपालगन्ज । तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् बाँके शाखाको आयोजनामा तथा स्वर्गीय लालप्रसाद गुरुङको स्मृतिमा स्मृति पुरस्कार वितरण तथा तमु लोसारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम तमु हयुल छोज गुरुङ राष्ट्रिय परिषद् बाँकेका अध्यक्ष भीम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् बाँकेका अध्यक्ष चेतबहादुर गुरुङलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
स्वर्गीय लालप्रसाद गुरुङको नाममा अक्षयकोष स्थापना गरी गुरुङ समुदायको भाषा, धर्म, संस्कृति तथा साहित्यको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने योजना रहेको स्वर्गीय गुरुङकी छोरी बिमला गुरुङले जानकारी दिनुभयो।
कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् बाँकेका सचिव सोम गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शोभा गुरुङले गर्नुभएको थियो।
कार्यक्रममा गुरुङ समुदायका अगुवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।






