
क्यालिफोर्निया, अमेरिका ,क्यालिफोर्नियास्थित ब्युमोन्ट–ब्यानिङ नेपाली समाज (Beaumont–Banning Nepali Community) ले आफ्नो पहिलो अधिवेशन तथा वार्षिक साधारण सभामार्फत २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। नेपाली समुदायलाई संगठित, सशक्त र एकताबद्ध बनाउने उद्देश्यका साथ उक्त अधिवेशन शनिबार, डिसेम्बर १३, २०२५ का दिन सम्पन्न भएको हो।

अधिवेशनमा निर्वाचन समिति संयोजक ज्ञानेन्द्र गुरुङ, सदस्यहरू डा. दिलिप चन्द्र घिमिरे र डा. डोल्मा लामाको उपस्थितिमा पदाधिकारी पदहरूमा निर्वाचन आवश्यक नपरेपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको थियो।
समाजका निवर्तमान अध्यक्ष एकदेव शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनले ब्युमोन्ट–ब्यानिङ क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै मञ्चमा जोड्ने, आपसी सद्भाव बढाउने, समन्वय र सहकार्यलाई मजबुत बनाउने तथा सामूहिक हितका विषयमा छलफल गर्ने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमिति (२०२५–२०२७)
१. एकदेव शर्मा — अध्यक्ष
२. रोशन श्रेष्ठ — उपाध्यक्ष
३. हृदय राज भण्डारी — सचिव
४. दिननाथ अर्याल ‘प्रवीण’ — सह–सचिव
५. हरि लम्साल — कोषाध्यक्ष
६. रञ्जना के.सी. — सदस्य
७. ऋतु बस्नेत — सदस्य
८. सोनी भट्टराई — सदस्य
९. युगमणी गुरुङ — सदस्य
१०. बिपेन कँडेल — सदस्य
११. राम बाबु अधिकारी — सदस्य

कार्यक्रममा कोषाध्यक्ष हरि लम्सालले संस्थाको आय–व्यय विवरणसहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शिताको प्रतिबद्धता जनाएका थिए। त्यसैगरी सचिव हृदय राज भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजले विगत वर्षमा सम्पन्न गरेका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल तथा एनआरएन अमेरिका सदस्य हेमबहादुर ठकुल्लाको शुभकामना सन्देश वाचन गरिएको थियो।

यस अवसरमा लक्ष्मण नेपाल (अध्यक्ष, America Nepal Society – ANSCA), अर्जुन पौडेल (अध्यक्ष, नेपाल अमेरिका एकता समाज), मोहन न्यौरे शर्मा (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज), डिल्लीराज सिलवाल ‘सिद्धार्थ’ (वरिष्ठ उपाध्यक्ष, श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर), ईन्द्रराज पाण्डे (अध्यक्ष, जय नेपाल फाउन्डेशन), दीपशंकर सुवेदी (अध्यक्ष, Inland Empire Nepali Society), डा. डोल्मा लामा (सदस्य, नेजा) तथा चिरञ्जीवी गौतम (अध्यक्ष, प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया) लगायत विभिन्न सामाजिक, साहित्यिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए।

नवनिर्वाचित अध्यक्ष एकदेव शर्माले आगामी कार्यकालमा ब्युमोन्ट–ब्यानिङ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्दै समुदायको पहिचान, आपसी सद्भाव र सामूहिक आवाजलाई अझ सशक्त बनाउने दिशामा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।







