सल्यान । पाँच बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै शारदा नगरपालिका सल्यानले आ.ब. २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएकोेछ ।
बास नेपालको सहजिकरणमा आज सम्पन्न सुनुवाईमा सरोकारवाला र सहभागि आम नगरबासिहरुको बिचमा भएको दोहोरो सम्बाद पश्चात उक्त साझा प्रतिबद्धता घोषणा गरिएको हो ।
सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा श्री त्रिभुवन जनता माबिमा गणित बिषयको शिक्षक नभएका कारण पठन पाठनमा समस्या भइरहेकाले यथासक्य शिक्षक दरबन्दी पदपूर्ती गर्ने, साहुटोल देखि वरला जाने बाटो निर्माणबारे जनगुनासो आएकाले उक्त बाटो चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने, नगरपालिकाको पटनेरीमा स्वर्गीय शुरदास गन्दर्भको सम्झनामा शुरदास प्रतिक्षालय निर्माण गर्ने, नगरभित्रका वाटोहरुको प्राथमिकता अनुसार स्तरोन्नती गर्ने र नगरपालिका भित्र फोहोर ब्यवस्थापनका लागि आम नागरिक र सबै सरोकारवालाहरु सजग रहने प्रतिबद्धता गरिएको हो ।
सुनुवाईको शुरुवातमा शारदा नगरपालिकाले पहिलो चौमासिकमा गरेका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धीको बारेमा शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी गराएका थिए भने सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख तथा सुनुवाईका प्रमुख जवाफदेहि बक्ता प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतीजा घोषणा बास नेपालका जन सम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । शारदा नगरपालिकाले पालिकाको नियमित सार्वजनिक सुनुवाई गर्दै आएको छ ।






