बकुल्लाको सभा मुक्तकसङ्ग्रह लोकार्पण

|

कोहलपुर । साहित्यकार छविलाल खड्काको ” बकुल्लाको सभा” मुक्तकसङ्ग्रह एक कार्यक्रम बीच लोकार्पण भएको छ । कोहलपुर नगरपालिकाको मुटुमा रहेको नौतले धरहराको माथिल्लो  तलाबाट उक्त मुक्तकसङ्ग्रह लोकार्पण गरिएको हो ।
हाइकु केन्द्र बाँकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य  महानन्द ढकाल, कृतिकार छविलाल खड्का , केन्द्रका अध्यक्ष बद्री ढकाल हिरामणी लगायत ११ जना साहित्यकारहरूले संयुक्तरूपमा लोकार्पण गरेका थिए  ।

लोकार्पण कार्यक्रममा कथाकार विष्णु पादका, सुमित्रा न्यौपाने, चन्द्रावती अधिकारी, गोरख बहादुर हमाल, राधिका गैरे, आवरण नर्माणकर्ता आयुष्मा ढकाल, मुद्रणकर्ता ढकबहादुर थाारू लगायतको उपस्थिति थियो

हाइकु केन्द्र बाँकेका अध्यक्ष बद्री ढकाल हिरामणीको अध्यक्षता र चन्द्रावती अधििकारीले सञ्चालन गरेको लोकार्पण कार्यक्रममा उपस्थित साहित्यकारहरूलर लोकार्पण गरिएको कृति “बकुल्लाको सभा” मुक्तकसङ्ग्रहबाट एक एक वटा मुक्तक वाचन गरेका थिए । “बकुल्लाको सभा” मुक्तक सङ्ग्रहको प्रकाशक    डिला खड्का हुन् भने छविलाल खड्काको यो कृति छठौं साहित्यिक कृति हो ।

२०८२ कार्तिक १, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।