समानुपातिक समावेशिता सुनिश्चित गर्न नागरिक समाजको आग्रह

|

काठमाडौं । हालै सम्पन्न “Gen Z” नागरिक आन्दोलनलाई समर्थन गर्दै विभिन्न क्षेत्रका सरोकारवालाहरूले “समानुपातिक समावेशिता, सिमान्त्कृत , भौगोलिक विविधता, अल्पसंख्यक र बहुलता सुनिश्चित गर्न आग्रह” शीर्षक सहितको संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।

भदौ २३ र २४ गते सम्पन्न आन्दोलनका क्रममा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारलाई राहत तथा क्षतिपूर्ति दिन आग्रह गरेका छन्। साथै घाइतेहरूलाई निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, चरम भ्रष्टाचार, असक्षम प्रशासन, युवा शक्तिको दुरुपयोग र राज्यका स्रोत तथा अवसर केही सीमित व्यक्तिद्वारा मात्र उपयोग भएपछि नागरिक असन्तोष चुलिएको हो। यसैको प्रतिरोधका रूपमा “Gen Z” आन्दोलन अघि बढेको बताइएको छ।

यसैबीच, विज्ञप्तिले संविधान २०७२ को उपलब्धि संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र भौगोलिक विविधता नबिर्सनु पर्नेमा जोड दिएको छ। साथै, “समानुपातिक समावेशिता, सिमान्त्कृत , भौगोलिक विविधता, अल्पसंख्यक र बहुलता सुनिश्चित गर्न आग्रह” भन्ने अभिव्यक्ति दोहोर्याउँदै सरकारले बेवास्ता गरेमा निराशा र असन्तोष गहिरो हुने चेतावनी दिएको छ।

विज्ञप्ति इन्द्र कुमारी गुरुङ, सुरेन्द्र पाण्डे, गीता चौधरी, कृष्ण गहतराज, किरण बिक, गौतम शर्मा, गणेश धामी र मोहम्मद आयतुल्ला रहमान लगायतले सार्वजनिक गरेका हुन्।

२०८२ भाद्र २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।