लुना लुइँटेल मिस नेपाल २०२५ घोषित

|

ललितपुर।  लुना लुइँटेल सन् २०२५ की मिस नेपाल बनेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि हात पारेकी हुन्।

हिडन ट्रेजरले आयोजना गरेको ३१औं संस्करणको प्रतिस्पर्धामा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को ताज जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

यसैगरी, मिस नेपाल अर्थ सोनी घले घोषित भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरिन्।
त्यसैगरी, मिस नेपाल इन्टरनेसनल उरूषा भण्डारी बनेकी छन्। उनलाई पूर्वमिस नेपाल इन्टरनेसनल करूणा रावलले ताज लगाइदिइन्।

यी हुन् सहविधामा पुरस्कार पाउनेहरू :

मिस हेल्दि स्किन, आरती थापा

मिस कन्फिडेन्ट, प्रज्ञिका क्षेत्री

मिस ग्रिन भिजिनरी, जगदिश्वरी शाह

मिस प्रिस्टिन, प्रियंका थापा

मिस टाइमलेस इलिजेन्स, उरुषा भण्डारी

मिस फेस अफ द इयर, स्मृति श्रेष्ठ

मिस इम्पावर्ड च्वाइस, दीपशिखा नेपाल

मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, लुना लुँइटेल

मिस ब्युटीफुल हेयर, सइच्छा थापा

मिस पपुलर च्वाइस, उरुषा भण्डारी

मिस फोटोजेनिक, स्मृति श्रेष्ठ

मिस फेस अफ फार्मेसी, स्मृति श्रेष्ठ

मिस ब्युटी विथ अ पर्पस, श्रृष्टि कुमारी तामाङ

मिस इन्टलेक्चुअल, श्रुति महर्जन

मिस वुमन विथ विंग्स, निलिमा पोखरेल

२०८२ भाद्र १४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।