फोनिजको २६औं स्थापना दिवसमा पत्रकार सम्मान र पुरस्कार घोषणा

|

काठमाडौँ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्थापनाको २७ वर्ष प्रवेशको अवसरमा २६औं स्थापना दिवस मनाउँदैछ। उक्त अवसरमा फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज अवार्ड–२०८२ वितरण गर्ने भएको छ।
मिति २०८२ साउन २५ गते सम्पन्न फोनिज सचिवालय बैठकले नाम सिफारिस समितिको निर्णय अनुमोदन गर्दै यस वर्षका विजेताहरूको नाम सार्वजनिक गरेको हो। साथै, फोनिजले सम्मान तथा पुरस्कारको नगद राशिमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको महासचिव समीर बलामीले जानकारी दिए।
यस वर्षका अवार्ड प्राप्तकर्ता
मक्ष गुरुङ – फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान (प्रवास)
गजुरधन राई – फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (टेलिभिजन)
अमरध्वज लामा – फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (रेडियो)
कोचिला सामाद – फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान (राजवंशी त्रैमासिक)
सविन प्रियाशन – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (छापा)
मुनेश लायो मगर – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (अनलाइन)
बन्दना दनुवार – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (रेडियो)
फोनिजले २६औं स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै पुरस्कार तथा सम्मान वितरण गर्ने तयारी गरेको छ।

२०८२ श्रावण २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।