नेपालगञ्जमा ३१औँ विश्व आदिवासी जनजाति दिवस भव्यताका साथ सम्पन्न

|

नेपालगञ्ज । ३१औँ विश्व आदिवासी जनजाति दिवस शनिवार नेपालगञ्जमा भव्यतापूर्वक सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले गरेका थिए भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सार्वजनिक लेखा समिति सभापति तथा प्रदेश सांसद माया पुन मगर रहनु भएको थियो । प्रमुख अतिथि पुन मगरले पानसमा बत्ती बालेर दिवसको उद्घाटन गर्दै आदिवासी जनजातिको कला, संस्कृति, भाषा र धर्मको संरक्षण तथा प्रवद्र्धनका लागि एकताबद्ध भई अघि बढ्न आग्रह गर्नुभयो ।

 

अध्यक्ष थापाले बाँकेको आदिवासी जनजाति समुदाय आफ्नो हक, हित र अधिकारका लागि सधैं सजग रहेको बताए । सो कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका उपमेयर कम्रुदिन राई, प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर, वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नं.२ का वडा अध्यक्ष मनोज श्रेष्ठ मगर संगठन बाँकेका सल्लाहकार समाजसेवी तथा व्यापारी संजय थापा, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्रको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार जोशी, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष भुमण्डल श्रेष्ठ, चेत बहादुर घर्ती लगायत पत्रकार तथा विभिन्न आदिवासी संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यस अवसरमा विभिन्न जातीगत संगठनहरूले सांस्कृतिक प्रस्तुति र सहभागिता जनाएका थिए ।

त्यसैगरि कोहलपुरमा पनि ३१औँ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर कमिटीको आयोजनामा अध्यक्ष कृष्ण बहादुर पुनको नेतृत्वमा नगर परिक्रमा तथा मौलिक सांस्कृतिक कार्यक्रम गरिएको अध्यक्षले जानकारी दिए ।

२०८२ श्रावण २५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।