
भारत । भारतबाट बेलायततर्फ उडेको यात्रुबहाक जहाज गुजरात राज्यको अहमदाबाद शहरमा दुर्घटना भएको छ । अहमदाबादस्थित विमानस्थलबाट उडेको केही मिनेटमै नजिकैको बस्तीमा खसेर दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका १२ सदस्यसहीत २४२ जना यात्रु थिए । एक जना यात्रु बाच्न सफल भएको बताएको छ भने अन्य सम्पुर्णको मृत्यु भएको जानकारी दिइएको छ ।
लण्डनतर्फ उडान भरिरहेको एयर इण्डियाको विमान बिहीबार बिहान अहमदाबाद विमानस्थलबाट उडेपछि पाँच मिनेटमै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । शुरुमा माथि उडेको विमान विस्तारै तल तल झर्दै गएर एक भवनमा ठोक्किएको थियो ।
प्रारम्भिक जानकारी अनुसार उद्धारकर्मीहरुले कम्तीमा १२० जनाको शव निकालिएको छ । कुल २४२ यात्रु सवार थिए। तीमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक थिए। अन्य सबै भारतीय नागरिक रहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । स्रोतको हवला दिदै भारतीय संचारमाध्यमहरुले दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको मृत्यु भएको पुष्टि गरेको छ। जानकारी अनुसार दुर्घटनास्थलबाट १२० वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव यति डढेका छन् कि उनीहरूको पहिचान गर्नु असम्भव जस्तै भएको छ। विमान एउटा आवासीय भवनमा ठोक्किएको थियो, जहाँ अहमदाबाद सिभिल अस्पतालका केही चिकित्सकहरू बसोबास गर्दै आएका थिए। उनीहरुमध्ये १५ जना चिकित्सक घाइते भएको बताइएको छ ।