बुटवल – नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध

|

बुटवल । रातिदेखिको लगातारको वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको दाउन्ने सडकखण्ड राति २ बजेदेखि नै पूर्ण रूपमा अवरुद्ध भएको छ। बर्दघाट –४ स्थित खुर्सानी खोलानजिकैको सडक भासिएपछि सवारी आवागमन ठप्प भएको हो। यसअघि पनि गत शुक्रबार यही स्थानमा सडक भासिँदा करिब ११ घण्टा पूर्ण रूपमा सडक बन्द भएको थियो।

भासिएको भागमा आएको बाढीका कारण पूर्वबाट पश्चिमतर्फ गइरहेको तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको बोलेरो जिप बगाएको छ।

सडक अवरुद्ध भएपछि अहिले पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधन दुम्किबास ज्यामिरेमा र पश्चिमबाट पूर्वतर्फ गइरहेका सवारी बर्दघाटमा रोकिएका छन्।

उता, दुम्किबास इलाका प्रहरी कार्यालयका अनुसार विनयी खोलाको डाइभर्सनसमेत बगाएको छ। केही महिनाअघि विनयी खोलाको पुल भत्किएपछि हालसम्म डाइभर्सनबाट सवारी आवागमन हुँदै आएको थियो।

२०८२ जेष्ठ १६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।