
नेपालगन्ज । महिला उद्धमी संघ नेपाल,बाँकेले हरेक वर्ष गर्दै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई यो साल पनि निरन्तरता दिने भएको छ । यही पौष २४ देखि २८ गते सम्म प्रदेश स्तरीय प्रदर्शनीको आयोजना हुन गई रहेको छ । महिला उद्धमी संघ नेपाल,बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन गई रहेको यस प्रदर्शनीमा महिलाहरूलाई आकर्षित गराउदै राज्यको आर्थिक विकासमा योगदान पुर्याउने छ हरेक वर्ष महिला उद्धमीहरुको नयाँ उत्साह र हौसला बढी रहेको महसुस भएको छ स्थानीय उत्पादनमा बढी प्राथमिकता दिँदै यस प्रदर्शनीले महिला उद्यमीहरुले गरेको उत्पादनहरुलाई बजारीकरण गरिने र सफल उद्यामी बन्नमा सहयोग पुर्याउने छ ।
यस मेलाबाट देशलाई आर्थिक रूपमा सहयोग पुर्याउने छ र घरेलु उत्पादन स साना घरेलु उत्पदनहरुको भुमिका महात्व पुर्ण हुन्छ हामीले यी सबै साना घरेलु उत्पादनहरुलाई मेला मर्फत सहजीकरण गर्ने अभिप्रायले यस पटक पनि नयाँ उत्साहका साथ मेलाको आयोजनाको तयारी रहेको छ ।
आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा ६०ओटा भन्दा बढी महिलाहरूले स्टल रहने छ । प्रर्दशनी अवधीमा करीब ८ हजार दर्शकले अवलोकन गरिने अनुमान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा ५ दिने सम्म चलिने प्रर्दशनीमा लुम्बिनी प्रदेशको १२ ओटा जिल्लाबाट महिलाहरुको सहभागिता रहनेछ साथै कर्णाली र सुदुरपश्चिमबाट पनि महिला उधमीहरुको सहभागिता हुने छन् साथै यस पटक प्रदर्शनीमा विधार्थीहरुको पनि स्टल रहनेछ । बाँके जिल्लाबाट १ जना र बाहिर जिल्लाबाट १ जना गरि २ जना उधामीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
महिला उद्यामीको समस्या र चुनौतीको बारेमा सरोकारवाला संग अन्तरक्रिया र हरेक दिन सफल उद्यमीको अनुभव र सघँर्ष सुनाउने कार्यक्रम रहेको छ । थुप्रै चुनौती र समस्याको सामना गरिदै महिला उद्यामी संघ नेपाल बाँकेले आयोजना गर्न लागेको ८ ओँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सफल बनाउनका लागि सबैमा अनुरोध गरेको छ । मेलाको उद्देश्य गाउँ घरमा रहेका महिला आमा दिदिबहिनीहरुले उत्पादन गरेको समान प्रदर्शन गरिने र आर्थिक मज्बुत बनाउने र आत्मा निर्भर बनाउनको लागि मेलाको मुख्य उद्देश्य रहेको छ ।