जिल्ला परियोजना सल्लाहकार समितिको बैठक गुलरियामा सम्पन्न

|

गुलरिया । बर्दिया जिल्लामा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सन्चालित स्थानीय गैर सरकारी संस्थाहरुको बालकेन्द्रित सामुदायिक विकास परियोजना दोश्रो अन्तर्गत विभिन्न परियोजनाहरुको समिक्षा गर्नका लागि जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज गुलरियामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख सुर्य बहादुर विस्टको अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो । प्लान ईन्टरनेशनल नेपालद्धारा बर्दिया जिल्लामा स्थानीय गैर–सरकारी संस्थासंगको सहकार्यमा बाल केन्द्रित समुदायिक विकास परियोजना अन्तर्गत आ.ब. २०७८/०७९ (सन् २०२१–२०२२) मा वार्षिक रुपमा संचालित परियोजना एवं कार्यक्रमहरुको व्यापकरुपमा छलफल गर्नुका साथै प्रगति तथा समिक्षा समेत गरिएको छ ।

बर्दिया जिल्लाामा सन्चालित परियोजनाहरु बारे प्लान ईन्टरनेसनल नेपालका जनक गिरी, अम्बिका प्रसाद तिमिल्सेना र विनय ज्ञवालीले विभिन्न परियोजनाह्ररुको बारेमा प्रगति प्रस्तुत गर्नुभएको थियो । बर्दिया जिल्लामा सन्चालित बाल प्रत्याभुत सञ्चार कार्यक्रम, प्राम्भिक बाल विकास कार्यक्रम,बाल संरक्षण कार्यक्रम,ाल विवाह छिटो विवाह, जबरजस्ती गरिने विवाह रोकथाम परियोजना,बाल विवाह न्यूनिकरण परियोजना,नेतृत्व र निर्णय परियोजना,सिकाई परियोजना, युवा महिलाहरुको आर्थिक सशक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजना र विपद प्रतिकार्य बारे सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

सो बैठकमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका क्षेत्रीय प्रवन्धक मिना पराजुलीले सम्पुर्ण सहभागीहरुलाई स्वागत गर्दै बैठकको उद्धेश्यका बारेमा प्रष्ट पार्नुभयो । प्लान ईन्टरनेसनल नेपालको लक्ष्य, उद्धेश्य र कार्य गर्ने तरिका र परियोजनाले समेट्ने क्षेत्रका बारेमा उल्लेख गर्दे बर्दिया जिल्लामा बिगत लामो समय सन २००६ देखि समुदायस्तरमा उल्लेखनिय काम गर्दै आएको र प्लान नेपालको कार्यक्रमहरुलाई हार्दिकताका साथ आवश्यक सहयोग, सर्मथन र समन्वय गर्नुभएकोमा सम्पूर्ण सरकारी निकाय तथा साझेदार संघसंस्थाहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

सो बैठकमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्लान ईन्टरनेसनल नेपालद्धारा सन्चालन भएका विभिन्न परियोजनाहरुको प्रंशसा गर्दै सार्वजनिक विद्यालयहरुमा बालमैत्री कक्षाहरु सन्चालन गर्न विभिन्न क्रियाकलापहरु गरि नमुना कक्षाहरु बनाउन विद्यालय सरसफाई र खानेपाली आदिको ब्यवस्था गर्ने, आपतकालिन प्रतिकार्यमा सहयोग पु¥याउने आदि उल्लेख्य कार्यहरु सन्चालन गरेको र थप योगदान समेत पु¥याउनु पर्नेमा कुरामा जोड दिनुभयो ।
त्यसै गरि शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रेविका अमात्यले प्लान ईन्टरनेसनल नेपालद्धारा विद्यालय शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रंसशा गर्दै विधार्थीहरुको गुणस्तरमा थप योगदान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला जनस्वास्थ्यका प्रमुख गोकर्ण गिरीले प्लान ईन्टरनेसनल नेपालले गरेको कार्यको प्रंशसा गर्दै नतिजामा आधारित र पालिकाको तथ्याकंमा आधारित भएर विवरण प्रस्तुत गर्न सुझाव दिनुभयो र गुलरिया नगरपालिकाका महिला शाखा प्रमुख शिला शाहले कार्यक्रमहरु गर्दा तंथ्याक ब्यवस्थापनमा जोड दिनु पर्ने र अपागंमैत्री संरचनामा जोड दिनु पर्ने सुझाव दिनु भयो । जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विस्टले प्लान ईन्टरनेसनल नेपालले बर्दिया जिल्लामा गरेको कामको खुलेर प्रसंसा गर्नुका साथै, प्लान नेपालसंग निरन्तर रुपमा समन्वय भएको र आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्नु भयो । समुदायमा जनचेतनामुलक कार्यक्रम सन्चालन गरेको प्रसङ्घ उल्लेख गर्दै आगामी दिनमा लागुपदार्थ दुरब्यसनी घटाउन, मानव बेचविखन घटाउन, सुरक्षित महिनावारी, सुरक्षित खानेपानीको ब्यवस्थापन, शौचालयको ब्यवस्थापन र जनचेतनामुलकहरु कार्यक्रमहरु सन्चालन गर्नका लागि सुझाव दिनुभयो ।

 

 

२०७९ मंसिर २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।