बर्दिया / बाल अधिकार सुनिश्चिताको लागि बारबर्दिया नगरपालिकामा आज बाल अधिकार समितिको पुर्नगठन भएको छ । बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा १५ सदस्सीय पालिका स्तरीय बाल अधिकार समिति गठन गरिएको हो ।
नगरउपप्रमुखको अध्यक्षतामा रहने उक्त समितिमा तोकीएको वडा अध्यक्ष १ जना, सामाजिक विकास समितिका सदस्य, शाखा अधिकृत, स्थानीय स्तरको प्रहरी प्रमुख, महिला प्रहरी, पत्रकार, गैससका प्रतिनिधि, बाल क्लबका एक बालक र बालिका, महिला तथा बालबालिका शाखा प्रमुख, बालबालिका सम्बन्धी काम गर्ने संस्थाका तोकीएको प्रतिनिधि, बालबालिका अधिकार सम्बन्धी जानकार समाजसेवी लगाएत १५ सदस्य बाल अधिकार समिति रहने ब्यबस्था रहेको छ ।
बाल अधिकार समितिको पुर्नगठन प्रक्रियामा प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)को साझेदारीमा सन्चालन भएको बाल विवाह न्युनीकरण परियोजनाले सहजीकरणको भुमिका खेलेको फिल्ड सुपरभाइजर राकेश कँडेलले जानकारी दिए ।
बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा बाल विवाह न्युनीकरण गर्नलाई नागरिक तहबाट आवाज उठाउन नागरिक समाज गठन समेत गरिएको बाल विवाह न्युनीकरण परियोजनाका परियोजना ब्यवस्थापक जगदिश थापाले जानकारी दिनु भयो ।






