
संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ-आफ्नै सम्बतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतका रुपमा मानिन्छ ।
२०२१ को बर्षलाई समग्रमा भन्नुपर्दा कोरोनामय र विपत्तिको बर्षको रुपमा लिन सकिन्छ ।बिश्वले प्राकृतिक विपत्ति संग लडिरहेको महासंकटलाई अवसर तथा नवीन कार्य योजना कोर्ने समयको रुपमा पनि मान्न सकिन्छ ।
नयाँ वर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्दछन् साथै नयाँ शुरुवाती दिनलाई मिठो खाने, राम्रो लाउने ,रमाईलो गर्ने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा पनि लिईन्छ ।
हरेक नयाँ बर्षको साथमा जीवनको नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जीवन पनि बाँच्दै जाँदा अनि संघर्ष गर्दै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् र नयाँ बर्ष,नयाँ अवसर र नयाँ अध्यायलाई सकारात्मक ढंगले लिने गरौ ।
जीवनयात्रा गर्ने क्रममा धेरै उत्तरचढाव अबश्य हुने गर्दछ,जिबनको सार्थकता भनेको नै अफ्ठ्याराहरु सित हातेमालो गर्दै चुनौतीहरुको बिचबाट सहजताको साथ अगाडी बढ्न सक्नु हो ।
जीवनमा गल्ति औल्याउने सबै शत्रु हुँदैनन् र प्रसंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बितेको बर्षभरी सहयोग गर्नुहुने र हौसला दिनुहुने सम्पूर्ण सहयोगी साथीहरु, आफन्तहरु र शुभचिन्तक हरु प्रति नतमस्तक छु र मेरा आलोचकहरु प्रति कृतज्ञ छु जसले गर्दा अगाडी बढ्न आत्मविश्वासमा थप सहयोग मिलेको छ साथै निरन्तर सहयोग तथा मार्गनिर्देशन गरिरहने साथीभाई,शुभचिन्तक र आफन्तहरुप्रति आभार प्रकट गर्दछु ।
२०२२ का केहि कसमहरु :
१)मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । राम्रो समयलाई पर्खिनेछु।
२)अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन ।
३)गल्ति औल्याउने सबै शत्रु हुँदैनन् र प्रसंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बुझ्नेछु ।
४)नयाँ बाटो हिँड्नलाई नयाँ जुत्ता कुरेर बस्नेछैन । कतिले खाली खुट्टा नै अनेक उकालीओराली हिँडेका छन्, बुझ्नेछु ।
५)आफ्नो काम र जिम्वेवारीलाई गम्भिरतापर्वूक गर्नेछु ।
६)समस्या आउने बित्तिकै हतास हुने छैन । समस्या सगै अवश्य समाधान पनि आउँछ भनेर आफूलाई संयम राख्नेछु ।
७)अरुले जस्तो खोज्छन्, त्यस्तो बनेर हिँड्ने छैन । आफूभित्र जस्तो छु, बाहिर पनि त्यस्तै बन्नेछु ।
८)चिनी कम खानेछु, धेरै चिनी खाएर बोलीमा मीठास आउँदैन भन्ने बुझ्नेछु ।
९)हरेक प्रश्नमा जवाफ हतारमा दिइहाल्ने छैन । कहिलेकाही सही उत्तर अलि ढिला आउँछन् भनेर प्रतिक्षा गर्नेछु ।
१०) जिन्दगीमा खुशी /दुख आउंदै गर्छ,जादै गर्छ कहिल्यै आतिने छैन ।
साथै र नयाँ बर्षको शुभारम्भमा नयाँ सोचका साथ दिर्घकालिन ढंगले अगाडी बढ्न सकियोस् र नयाँ बर्ष ले हामी सबैलाई खुसी र सुखी बनाओस् !
नयाँ सोच र सकारात्मक भावनाका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् र जिवनमा केहि आयामहरु थप्ने कोशिस गर्नुहोस्!
अन्त्यमा अग्रेजी नयाँ बर्ष २०२२ ले नयाँ आयाम छाओस् सम्पुर्ण परिवार साथीभाई,आफन्त र सहयोगीहरुलाई ख़ुशी,स्वस्थ र दिर्घायुको कामना ब्यक्त गर्दछु !!