नेपालगन्ज । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपबारे नेपालगन्जको मंगल माबिमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा कार्यक्रम सम्पन्न भएको सञ्जालका सचिव राजन वर्माले बताउनुभयो । वर्माका अनुसार सञ्जालका ५ जना कलाकारहरु सपना परियार , मोहम्मद सल्मान सलमानी, अन्जना चतुर्बेदी, देबा बहादुर क्षेत्री, र दीपा सुनारको सहभागितामा नाटक प्रदर्शन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक विकास मञ्च (एस डि एफ) बाँके र सेफ द चिल्ड्रेनको सहयोगमा सडक नाटक प्रदशन भएको मञ्चकी परियोजना संयोजक शिवानी भट्टराईले बताउनुभयो ।जोखिम संचार तथा समुदाय संलग्रता परियोजनामार्फत नेपालगन्जमा कोरोना बिरुद्धको खोपको बारेमा गाउँ घर, शहर बजारमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले नेपालगन्ज उप-महानगरपालिकाका अन्य वडामा पनि सडक नाटक प्रदर्शन गरिने सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो






