जुम्ला / जुम्ला जिल्लाको सिंजा गाउँपालिकाका किशोरीहरु अहिले बाल विवाह बिरुद्ध अभियानमा सक्रिय हुन थालेका छन् । जुम्ला जिल्लाको सिंजा गाउँपालिकाका किशोरी र अपांग संजालका सदस्यहरु मिलेर सयुक्त रुपमा सिजा गाउँपालिकाका उपाध्याक्ष जन्मकन्या खत्रीलाई बाल विवाह बिरुद्ध नीतिगत ब्यबस्था कार्यान्वयनको लागि सहयोग गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छन ।

सो टोलीले महिला बालबालिका तथा जेष्ठ नागरिक, शिक्षा र स्वास्थ्य शाखाका प्रमुखहरुलाई पनि बाल बिबाह बिरुद्ध नीतिगत ब्यबस्था कार्यान्वयनको लागि सहयोग गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाईएको छ । बाल बिबाह हिंसाको एउटा प्रमुख कारण भएको र यो सबैको साझा समस्या भएकोले बाल बिबाह बिरुद्ध बनेका नीतिगत ब्यबस्था कायान्वयन गर्न सरोकारवालाहरुको ध्यानकर्षणको लागि यो ज्ञापन पत्र बुझाउनु परेको अपांग सजालका अध्यक्ष कृष्ण प्रसाद चौलागाईले बताउनु भएको छ ।

ज्ञापनपत्र बुझदै सिजा गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बाल बिबाह बिरुद्धको यो कार्य प्रसंशनीय भएकोले यसलाई सबैले साथ दिएर बाल बिबाह सधैको लागि अन्त्य गर्नुपर्ने र यसको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालद्धारा संचालित बाल बिबाह न्युनिकरण परियोजनाले बाल बिबाह न्युनिकरणको लागि सिजा गाउपालिकामा बालबालिका,महिला, युवा किशोरीहरु र अपांग संजालका सदस्यहरुलाई बिभिन्न तालीमहरु प्रदान गर्दै आईरहेको क्याड नेपालका परियोजना संयोजक सोमराज जिसीले बताउनुभयो ।






