जुम्ला/ सिटिजन्स बैंक जुम्लाको बाथरूममा बेहोस भएकी नर्सको अस्पतालमा मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको अस्पतालमा निधन भएको हो । सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कोहलपुर उपमहानगरपालिका बाँकेकी २६ वर्षीया श्रेष्ठ कर्णाली प्रतिष्ठानमा कार्यरत थिइन् ।
बिहीबार दिउँसो बाथरूममा वेहोस भएको अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लिइएको थियो । घटनाको अनुसन्धान थप भइरहेको र आफन्त समेत जुम्ला आइपुगेका प्रहरीले जनाएको छ । उपचारको क्रममा शुक्रबार उनको निधन भएको जनाइएको छ ।
कर्णाली प्रतिष्ठानका प्रवक्ता तथा डीन डाक्टर रमेश भट्टटराईले बेहोस अवस्थामा ल्याइएको र पछि मुटुको धड्कन फिर्ता आएको थियो । यता सिटिजन्स बैंकका म्यानेजर महेश शाहीले श्रेष्ठ साथीको बहिनी भएकी र लामो समयदेखि चिनजान भएकाले हिजो बैकमा आएका बेला बाथरूममा पसेको बताए । पछि बेहोस भएर ढलेकी र ढोका फोडेर अस्पताल पुर्याइएको बताए । उनले दिउँसो आफूहरु अफिसमै भएको समयमा घटना भएको जानकारी दिए ।






